दशैं मनाउने शैली फेरियो, मलाई पुरानै दिनको याद आउँछः नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पराजुली (भिडियोसहित)

२४ आश्विन २०८१, बिहीबार १६:५५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुली अहिले दशैं निकै फेरिएको बताउँछन् । उनका अनुसार पहिले दशैंको रौनक अर्कै थियो, अहिले फरक भएको छ ।

उनी भन्छन्, ‘पहिले दशैं आउटडोर हुन्थ्यो । अहिले हामी त्यो आउटडोर इभेन्टबाट इन्डोरमा आइपुगेका छौँ । यसको महत्व हामीले अघिल्लो पुस्तालाई हस्तान्तरण गनुपर्ने भएकाले दशैंको परम्परामा आएको बदलावले चिन्ता लाग्छ ।’

दशैंमा टीका लगाउन, मिठो खान, दक्षिणा कति पाँउछ होला ? भन्ने कौतुहल हुनु स्वभाविकै भए पनि यो चाड एउटा छुट्टै खालको मेमोरी किय्रट गर्ने अवसर पनि हो, उनी भन्छन्, ‘दैनिकीको व्यस्ततालाई रोकेर परिवार, साथीभाइ र इष्टमित्रहरुसँग समय बिताउने अवसर हो, दशैँ ।’

वर्ष दिनमा आउने बडादशैं हर्षोल्लासका साथ मनाउन पाउनु र ठूलाबडाबाट आशिर्वाद ग्रहण गर्नु पाउनुको उमंग नाप्न नसकिने उनको भनाइ छ । यो पल्ट काठमाडौंमै परिवारकासाथ आफुले दशैं मनाउने सीईओ पराजुलीले बताए । उनले भने, ‘घरमा बस्ने हो, रमाइलो गर्ने हो, परिवारसँग दशैं मनाउने हो, परिवार तथा आफन्तहरुसँग भेटघाट र रमाइलो गरिन्छ ।’

आफु काठमाडौंको लौनचौरमा हुर्केको हुनाले उपत्यकाको दशैंको रस्वादन राम्ररी गरेको उनले बताए । उनी भन्छन्, ‘दशैं भन्ने बित्तिकै खसी बोको याद आँउछ । नयाँ लुगा, दक्षिणाले दशैंलाई थप रेमाञ्जक बनाउथ्यो, उ बेला ।’

दशैंका बेला भान्सामा भने पराजुली छिर्दैनन् । खानाको लागि आफु परनिर्भर नै रहेको यथार्थ उनले सुनाए । उनी भन्छन्, ‘खाना पकाउने सन्दर्भमा पहिले बुबा आमामा निर्भर थिएँ । अहिले श्रीमतीमा निर्भर छुँ ।’
चाडपर्व चलेपनि बाढीपहिरो प्रभावितको काम भने आफुहरुले गरिरहेको उनले बताए । संस्थागत कामहरुमा गति दिएर दाबी भुक्तानी समेत छिटो छरितो गराउन आफुहरु लागि परेको सीईओ पराजुलीको भनाइ छ ।

हेरौँ भिडियो सन्देशः

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*