दशैंमा चङ्गा उडाउन र परिवारसाथ रमाउनुको उमंग छुट्टै हुन्थ्यो : दीप प्रकाश पाण्डे (भिडियोसहित)

२४ आश्विन २०८१, बिहीबार १६:५८

काठमाडौं । दशैंको बेला नयाँ लुगा लगाउने, सहयोगीलाई पनि लुगा किनिदिने चलन थियो, त्यतिबेला । उ बेलाः बाल्यकालको दशैं सम्झिँदै शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपप्रकाश पाण्डे भन्छन्, ‘उनको घरमा ठूलो मात्रामा आफन्तहरुको जमघट हुन्थ्यो । दशैंका बेलामा घरमै टीका लगाउने प्रचलन छ ।’

दशैं नेपालीहरुको ठूलो चाड हो । उमंग, उत्साह छाउने चाडको रुपमा लिइन्छ, दशैंलाई । सीईओ पाण्डे भन्छन्, ‘दशैं भन्ने वित्तिकै घरपरिवार, इष्टमित्र भेटघाट, चङ्गा उडाउने, खसी, बोका काटेको हेर्ने, त्यो मज्जा नै छुट्टै हुन्थ्यो । त्यो चाहि अहिले धेरै अफिसियल भइसकेको छ ।’

समयसँगै दशैंको रौनक परिर्वतन भइसकेको छ । पाण्डे अगाडि भन्छन्, ‘त्यहि पनि परिवारसँग जमघट गर्ने एउटा ठूलो माध्यम जस्तो लाग्छ, मलाई । हाम्रो ठूलो परिवारको जमात छ । दशैंमा टीका लगाउन १५० जनासम्म एकै ठाँउमा भेला हुन्छौं । हाम्रो दशैं परिवारसँगै छुट्टै खालको रमाइलो हुन्छ ।’ भगवतीको र अभिभावको आशिर्वादले दशैंमा थप उर्जा आउने सीईओ पाण्डे बताँउछन् ।

दशैंको मुखमा हामीले दाबीको एडभान्स दिएर सहयोग गरेमा बीमा कम्पनीप्रति बीमितहरु सधैँ कृतज्ञ हुने विश्वास हामीले लिएका छौं, उनले भने, अहिलेसम्म पनि कतिपयले बीमा बुझनुभएको छैन । यतिबेला बीमाको बारेमा सचेतना फैलाउने अवसर पनि हो जस्तो लाग्छ, मलाई ।’

बीमा एउटा सानो कागजको करार हो, सीईओ पाण्डे भन्छन्, ‘एकातिर हाम्रो काम विश्वास जगाउने हो भने अर्कातिर यस्तो बेला हामीले बीमितको सारथी भएर सेवा दिन पाउनु् नै हाम्रो कर्तव्य हो । भूकम्पदेखि बाढी पहिरोको चुनौती र अवसर पनि बीमा बजारको प्रचार गर्ने समय पनि हो ।’

हेरौँ भिडियो सन्देशः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*