दशैं मनाउँदै सँगसँगै बीमितलाई सेवा दिन्छौं : सीईओ ब्रजाचार्य (भिडियोसहित)

२४ आश्विन २०८१, बिहीबार १६:५२

काठडमौं । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एवं सीईओ संचित ब्रजाचार्यको दशैं अनुभव भिन्दै छ । कामबाट लामो समयको विदा पाइने भए पनि उनी घुम्न जान रुचाउँदैनन् । दशैं परिवारका साथमा रहेर मनाउँदा आनन्द आउने उनको भनाइ छ ।

उनी भन्छन्, ‘पारिवारिक भेटघाट र परिवारलाई समय दिँदादिँदै दशैं सकिएको पत्तै हुन्न । आफूभन्दा ठूलाको आशिष र भेटघाटले मन थप प्रफुल्ल हुन्छ ।’ संयुक्त परिवारमा बस्ने भएका कारण चाडपर्वमा थप रमाइलो हुने उनको भनाइ छ ।

दशै भन्ने बित्तिकै बज्राचार्यलाई सबैभन्दा पहिले चङ्गा याद आउँछ । र, अनि मात्रै खसीको कुरा आँउछ । बाल्यकालमा राम्रो लगाउन, मिठो खान पाए र परिवारको साथमा रमाउन पाए त्यसै उल्लासपूर्ण हुन्थ्यो ।
उनी भन्छन्, ‘दशैंमा तास खोल्ने, जाड रक्सी खाएको अनुभव मेरो छैन । म परिवार र इष्टमित्रसँग भेटघाट हुँदा त्यसै खुसी हुन्छु ।’

दशैंमा भान्सामा छिरेको अनुभव भने उनको छैन । उनले भने, ‘आजसम्म चिया सम्म पकाएको छुइन् । बाहिरी काममा व्यस्त भएका कारण श्रीमती र परिवारका अरु सदस्यले सबै सम्हाल्छन् ।’
प्राकृतिक विपद अर्थात् अविरल वर्षाको कारण हालै देशमा ठूलो जनधनको क्षती भएको छ । यस्तो अवस्थामा बीमितको सारथी बन्न बीमा कम्पनीले आ-आफनो स्थानबाट काम गरिरहेकाले प्रभावितहरुले पनि राहत महशुस गर्ने उनको विश्वास छ ।

दशैंको टीकाबाहेक सबै दिन कार्यालयमार्फत आफुहरुले सेवा दिने योजना बनाएको सीईओ बज्राचार्यले बताए ।

हेरौँ भिडियो सन्देशः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*