बन्ला त दशैंपछि पुँजी बजारमा नयाँ रेकर्ड ?

२४ आश्विन २०८१, बिहीबार १३:०१

काठमाडौँ । निरन्तर सुस्ताई रहेको पुँजी बजार प्रधानमन्त्री केपी शर्मा ओलिको सरकारको बन्ने हल्लासँगै एकाएक उचालियो । अझ शेयर बजारका लगानीकर्ताले रुचाएका विष्णु पौडेल अर्थमन्त्रीको जिम्मेवारीमा आएसँगै बजारमा थप रौनक थप्यो ।

सुरुआतमा, पुँजी बजारले ओली सरकारको सम्भावित पुनः आगमनसँगै निकै तेज गति लिएको थियो । लगानीकर्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारसँग राम्रो आर्थिक सुधारको अपेक्षा थियो, जसले शेयर बजारमा ठूलो उचालो ल्यायो । यसका साथै, जब विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिइयो, त्यसले थप सकारात्मक प्रभाव पा¥यो । पौडेलको नियुक्तिले बजारमा विश्वासको वातावरण सिर्जना ग¥यो, जसका कारण लगानीकर्ताहरू उत्साहित भए । उनी अर्थमन्त्री बन्ने दिन नै शेयर बजारमा हरियाली मात्र देखियो, जसले दिनमै नयाँ रेकर्डहरू स्थापित गर्न सफल भयो ।

प्रधानमन्त्री ओलीको संसदमा शेयर बजारको महत्वबारे दिएको अभिव्यक्तिले लगानीकर्तालाई थप प्रेरित ग¥यो । उनले शेयर बजारलाई अर्थतन्त्रको ऐना र मेरुदण्डको रुपमा चित्रित गर्दै त्यसलाई सुदृढ बनाउन कदम चाल्ने बताएका थिए । यसरी, प्रधानमन्त्रीको शेयर बजारप्रतिको समर्थनले लगानीकर्तामा सकारात्मक भावना उत्पन्न ग¥यो, जसले गर्दा बजार निरन्तर उचाईमा गयो । लगानीकर्ताहरूले बजारको हरियालीलाई सुखद संकेतको रुपमा लिए ।

शेयर बजारमा यो प्रगति आइरहेको बेला नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा केही महत्वपूर्ण परिवर्तनहरू थिए । उनले शेयर धितो कर्जामा लगाइएको क्याप हटाएपछि लगानीकर्ताहरूमा थप उत्साह छायो । यसले बजारमा लगानी गर्न सहज वातावरण सिर्जना ग¥यो । कर्जाको सहजताले शेयर बजारमा नगदी प्रवाह बढायो जसले गर्दा कारोबारको मात्रामा पनि वृद्धि भयो ।

अर्थमन्त्री र गर्भनर दुवै एमाले निकट रहेको हुँदा शेयर बजार सुधारका लागि सरकार र नियामक निकायबीचको समन्वयमा वृद्धि भएको लगानीकर्ताले महसुस गरे र यसले बजारमा नयाँ आत्मविश्वास ल्यायो, जसका कारण बजार ३००० बिन्दु माथि पुग्न सफल भयो । कारोबारको नयाँ रेकर्ड बनाउँदै बजारले दिनहुँ नयाँ उचाइ हासिल गरेको थियो । यस्तो अवस्थामा बजारले ३२०० बिन्दुमा पुग्ने आशा पनि बढ्न थाल्यो ।

तर, बजारको यो अस्वभाविक वृद्धिलाई चर्को आलोचना पनि गरियो । केहि सांसदहरूले बजारमा भएको तीव्र वृद्धिलाई माफियाहरूको चलखेलको रुपमा देखे । उनीहरूको अनुसार, बजारमा केही ठूलो खेलाडीहरूले मात्र फाइदा लिइरहेका थिए, जबकि साना लगानीकर्ताहरू जोखिममा थिए । पूर्वअर्थमन्त्री प्रकाशसरण महत र स्वतन्त्र सांसद अमरेश कुमार शाहले बजारमा माफियाहरूको चलखेल भइरहेको बताउँदै नियन्त्रणको माग राखे । यो बिरोधले लगानीकर्ताहरूमा डर फैलायो जसका कारण बजार अचानक घट्न थाल्यो ।

बजार २५०० बिन्दुमा झरेपछि, जसले उच्च बिन्दुमा शेयर खरिद गरेका लगानीकर्तालाई ठूलो घाटा व्यहोर्नुप¥यो । यी लगानीकर्ताहरूले शेयर खरिद गर्दा बजार ३००० माथि जाने अपेक्षा गरेका थिए, तर बजार अचानक करिब ५०० अंकले घटेपछि उनीहरूको लगानी बालुवामा पानी झैँ भयो ।

दशैं र तिहारको समयमा पनि लगानीकर्ताहरूले आफ्नो खर्चको जोहो गर्न शेयर बेच्न थाल्दा बजारमा थप गिरावट आयो । जसले गर्दा उच्च मूल्यमा शेयर खरिद गरेका लगानीकर्ताले तल्लो मूल्यमा शेयर बिक्री गर्न बाध्य भए । यसले लगानीकर्ताहरूलाई निराश बनायो ।

तर, दशैंको मुखमा नै बजारले केहि सुधारको संकेत गरेको छ । जसले बजार माथि नै जाने आश लगानीकर्तामा पलाएको छ । बजारले दिएको लयलाई अधिकांशले सकारात्मक लयको रुपमा हेरेका छन् । बिक्री दबाब घटेको हुँदा बजार अब सकारात्मक यात्रा जाने विश्वास लगानीकर्ताको रहेको छ ।

दशैंपछि आउँला उल्लास

अब प्रश्न उठ्छ, दशैंपछिको बजारले कस्तो दिशा लिनेछ ? यो विषयमा विभिन्न तर्कहरू रहेको पाइन्छ । केहि लगानीकर्ताहरूले बजारमा पुनः वृद्धि आउने विश्वास राखिरहेका छन् । तिनको अनुसार, नियामक निकायहरू सक्रिय रहेकोले बजारले अझै पनि माथि जाने संभावना रहेको छ । उनीहरूको भनाइमा अहिलेको बजार सुधार भएको सिजन हो र यो करेक्सनको प्रक्रिया हो ।

साथै, दशैंपछिको समय लाभांश वितरण सिजन हो । धेरै कम्पनीहरूले यस अवधिमा आफ्नो वित्तीय प्रतिवेदनहरू सार्वजनिक गर्छन् र लगानीकर्ताहरूलाई आकर्षित गर्न लाभांश घोषणा गर्छन् । यस्तो अवस्थामा, कम मूल्यमा रहेका शेयर खरिद गरेर लाभ उठाउने अवसर देखिएको छ । अहिलेको समयमा कम्पनीहरूको नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, नेटवर्थ, र लाभांश वितरण क्षमतामा ध्यान दिएर लगानी गर्न सुझाव दिइएको छ ।

बजारले दीर्घकालीन सुधारतर्फ लम्कन केही समय लाग्न सक्छ । बजारलाई स्थिर बनाउन मुख्य कुरा भनेको कारोबार रकममा वृद्धि गर्नु हो । कारोबारको रकममा वृद्धि भए मात्र बजारले दीर्घकालीन सुधारको मार्ग लिनसक्छ। हालको अवस्थामा, सरकार र नेपाल राष्ट्र बैंकले लिएका केही महत्वपूर्ण कदमहरूले बजार सुधारको मार्ग प्रशस्त गरेको देखिन्छ । बैंकको ब्याजदर लगातार ओरालो लागिरहेको छ, जसले शेयर बजारमा नगदी प्रवाहलाई थप सहज बनाएको छ ।

विशेष गरी, मौद्रिक नीति, शेयर बजारप्रतिको सरकारको समर्थन र वित्तीय सूचकहरूको सुधारले बजारलाई दिगो सुधारतर्फ लैजाने संकेत दिएको छ । यस्तो अवस्थामा, दशैंपछिको बजारले राम्रो गति लिने अपेक्षा गरिएको छ।

हालको बजारमा उतारचढावको मुख्य कारण भनेको राजनीतिक हस्तक्षेप, माफियाको चलखेल र उच्च मूल्यमा शेयर खरिद गर्ने लगानीकर्ताहरूको हतारो थियो । बजारले फेरि गति लिनका लागि कारोबार रकममा वृद्धि हुनु आवश्यक छ । साथै, सरकारले शेयर बजार सुधारका लागि लिएका कदम र बैंकिङ क्षेत्रले दिएको समर्थनले पनि बजारलाई सकारात्मक मार्गमा अघि बढ्न मद्दत गर्नेछ । अर्थतन्त्र समेत सुधार तिर लम्कि रहेको छ । शेयर बजारका लागि आवश्यक सूचक सबै सकारात्मक नै रहेको बेला बजारले आफ्नो गति लिने देखिन्छ । शेयर बजारको शत्रुको रुपमा हेरिने बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको छ । जसले बजारले थप माथि लैजान मद्दत गर्ने देखिन्छ ।

लगानीकर्ताले कम्पनीहरूको वित्तीय सूचकहरूमा ध्यान दिन आवश्यक छ । शेयर बजारमा लगानी गर्दा जोखिमलाई कम गर्नका लागि कम्पनीको नाफा, रिजर्भ, र अन्य वित्तीय सूचकमा आधारित भएर निर्णय गर्नुपर्ने हुन्छ ।

अब बजार कस्तो गतिमा जाला जसका लागि हामीले असोज २९ गतेको प्रतिक्षा गर्नुपर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*