दशैं बिदामा पनि बीमा कम्पनीहरुले कसरी दिदैछन् बीमितलाई सेवा ? (सूचीसहित)

२४ आश्विन २०८१, बिहीबार ११:३८

काठमाडौं । दसैं विदा सुरु हुँदैछ । तर, बीमा कम्पनीहरुले दसैं विदामा पनि आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् । उनीहरुले आफ्नो निश्चित काउन्टर निश्चित समयको लागि खुला राखेर तथा सम्बन्धित कर्मचारीलाई तोकेर बीमितलाई सुबिधा दिन लागेका हुन् ।

नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुमध्ये अधिकांशले दशैँ विदामा पनि बीमितहरुलाई सेवा दिने भएका छन् । कम्पनीहरुले उक्त कार्यको लागि सीमित कर्मचारीहरु जिम्मेवारी दिएको छ ।

केही समय अगाडी गएको बाढी पहिरोका कारण निर्जीवन बीमा कम्पनीहरुको करिव साढे सात अर्ब रुपयाँको दावी पर्ने प्रारम्भिक अनुमान गरिएको छ । सो कारणले पनि यस पाली निर्जीवन बीमा कम्पनीहरुले बीमा दावी भुक्तानीलाई विशेष प्राथमिकता दिएको छ ।

कम्पनीहरुले सक्दो चाँडो सहज र सरल तरिकाले आफ्ना बीमितहरुलाई दावी भुक्तानी दिएर बीमा प्रति सकारात्मक सन्देश प्रवाह गर्ने अवसर समेत पाएका छन् ।

दशैँ विदामा निर्जीवन कम्पानीहरुमध्ये शिखर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स लगायतका कम्पनीहरुले सेवा दिदै आएका छन् ।

यी कम्पनीले दिदैछन् दशैं विदामा पनि सेवा : 

शिखर इन्स्योरेन्स

युनाइटेड अजोड इन्स्योरेन्स

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)  

नेको इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्स कम्पनी

 

प्रभु इन्स्योरेन्स कम्पनी

आइजिआई प्रुडेन्सिय इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स

दशैँमा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुलाई सेवा दिदै आएको छ । उक्त कार्यको लागि कम्पनीले कल सेन्टरहरु मार्फत बीमा सेवा प्रदान गर्ने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*