अम्बे स्टील्सले आइपीओ निष्काशन गर्ने

२४ आश्विन २०८१, बिहीबार १०:३६

काठमाडौं । नेपालको सबैभन्दा आधुनिक स्टील उद्योग श्री जय अम्बे स्टील्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । वार्षिक ४० अर्ब कारोबार गर्ने कम्पनीले आइपीओ निष्कासनका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

अम्बे स्टील्स र एनआइएमबी एस क्यापिटलका आधिकारिक व्यक्तिहरूको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । अम्बे ग्रुप देशको ठूलो व्यावसायिक समूहमध्येमा पर्छ । यसको नेतृत्व शोभाकर (हरि) न्यौपानेले गरिरहेका छन् । कम्पनीले साधारणसभाबाट सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्ने विशेष प्रस्ताव पारित गरिसके पश्चात् बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

जय अम्बे स्टील्स अम्बे ग्रुपको दोस्रो स्टील उद्योग हो । २०७६ मा स्थापना भएको जय अम्बे स्टील्सको उत्पादन क्षमता १ हजार टन प्रतिदिन रहेको छ । ‘अम्बे’ ब्रान्डअन्तर्गत क्षेत्रको ८० प्रतिशत बजार हिस्सा स्टील्सको रहेको कम्पनीको दाबी छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*