प्रतिष्ठित भारतीय उद्योगपति रतन टाटाको निधन

२४ आश्विन २०८१, बिहीबार ०९:०३

नयाँदिल्ली । प्रतिष्ठित भारतीय उद्योगपति रतन टाटाको निधन भएको छ । टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो ।

टाटा सन्सका वर्तमान अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् ।

टाटाको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले एक्समा लेखेकी छन्– रतन टाटाको निधनबाट भारतले यस्तो आइकनलाई गुमायो जसले पुँजी वृद्धिलाई देशको निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोड्यो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले समेत रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिको रुपमा सम्झिएका छन् । यस्तै, भारतीय रक्षामन्त्री राजनाथ सिंहले टाटाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनी भारतीय उद्योगका ‘टाइटन’ हुन्, भने ।

उद्योगपति टाटाको मृत्युको पुष्टि गर्दै रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “रतन टाटाको निधनले दुःखी छ ु। उहाँ भारतीय उद्योगका ‘टाइटन’ हुनुहुन्थ्यो । हाम्रो अर्थव्यवस्था, व्यापार र उद्योगमा उहाँको महत्वपूर्ण योगदान थियो ।”

टाटा सन्सका संस्थापक रतनको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनलाई भारत सरकारले प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*