सिटिजन बैंकको शेयरमूल्य समायोजन

२३ आश्विन २०८१, बुधबार १६:५१

काठमाडौँ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २४३.२७ रुपैयाँ कायम भएको छ ।

समायोजन अघि बैंकको अन्तिम सेयरमूल्य प्रतिकित्ता २५३ रुपैयाँ कायम थियो । आगामी कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबारमा आउनेछ ।

बैंकले गत आवका लागि ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*