नेपाल फाइनान्स र सानिमा बैंकको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

२३ आश्विन २०८१, बुधबार १५:१८

काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात दशैअघिको अन्तिम कारोबारमा शेयर बजार झिनो अंकले बढेको छ ।

बुधबार नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि मंगलबारको तुलनामा कारोबार रकम चाँही घट्न पुगेको छ ।

शेयर बजार बढेसँगै नेपाल फाइनान्सको सर्बाधिक कारोबार भएको छ । आज कम्पनीको २२ करोड २० लाख रुपैयाँ र सानिमा बैंकको १८ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको १५ करोड रुपैयाँ, साहज उर्जा लिमिटेडको १५ करोड २७ लाख र एनएलजी इन्स्योरेन्सको नौ करोड रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*