दशैँ अघिको अन्तिम कारोबारमा झिनो अंकले बढ्यो नेप्से

२३ आश्विन २०८१, बुधबार १५:०९

काठमाडौँ । साता कारोबारको चौथो दिन अर्थात दशैअघिको अन्तिम कारोबारमा शेयर बजार झिनो अंकले बढेको छ ।

बुधबार नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि मंगलबारको तुलनामा कारोबार रकम चाँही घट्न पुगेको छ ।

आज कारोबार भएका २९४ वटा कम्पनीहरुको ८३ लाख १२ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ तीन अर्ब ७६ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । जसमा आज १३० वटा कम्पनीको शेयरमूल्य बढ्न गएको छ भने १०२ वटाको शेयरमूल्य राताम्मे बनेको छ ।

बुधबारका दिन विकास बैंक, लगानी र जीवन बीमा उपसूचकमा बाहेक अन्य सबैको शेयरमूलयमा हरियाली छाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*