सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित

२३ आश्विन २०८१, बुधबार १३:०४

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा आज (असोज २३) काठमाडौंको शंखमूलस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको छ ।

सभाले शेयरधनीहरूलाई १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपले पारित गरेको छ ।
यसका साथै सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव २०७९।८० वार्षिक प्रतिवेदन, साबिक रिलायन्स र सानिमा लाइफको सोही आवको लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पनि पारित भएको छ ।

त्यस्तै लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको सुविधा परिमार्जन गर्ने लगायतका प्रस्तावहरू पनि सभाबाट पारित भएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज ११ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले सभाले पारित गरेको लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*