महुली लघुवित्तको सीईओमा सरोज कुमार सिंह नियुक्त
२३ आश्विन २०८१, बुधबार ११:१९
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सरोज कुमार सिंह नियुक्त भएका छन् ।
हाल कायम रहेको कार्यकारी अधिकृत गंगाधर पाण्डेको राजिनामा आगामी कात्तिक १ गतेदेखि लागु हुने गरी स्वीकृत भएका कारण अर्को व्यवस्था नभएसम्मका लागि सिंहलाई उक्त जिम्मेवारी दिएको हो ।
कम्पनी सञ्चालक समितिको असोज ११ गते बसेको बैठकको निर्णयले सिंहलाई कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनी सचिवको रुपमा सिंहले जानकारी दिए ।