स्वावलम्बन लघुवित्तको १५% लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

२३ आश्विन २०८१, बुधबार १०:१९

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको १५ प्रतिशत लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।

कम्पनीले गत आवको संचित मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको थियो । राष्ट्र बैंकले स्वीकृति दिएसँगै अब कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीहरूमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*