सानिमा रिलायन्स र प्रभु महालक्ष्मी लाइफको साधारणसभा आज
काठमाडौं । सानिमा रिलायन्स लाइफ र प्रभु महालक्ष्मी लाइफको साधारणसभा आज (असोज २३) हुँदैछ । दुवै कम्पनीले लाभांश वितरणको प्रस्तावसहित सभा बस्न लागेका हुन् ।
प्रभु महालक्ष्मी लाइफ
यस कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका लागि आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौँमा विहान ११ बजेदेखि सभा बस्नेछ ।
सभाले हकप्रद शेयर संशोधन गरी बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
सभा प्रयोजनार्थ कम्पनीले असोज १६ गते एक दिन बुक क्लोज गरिसकेको छ ।
सानिमा रिलायन्स लाइफ
यस कम्पनीले आफ्ना शेयरधनीलाई १८.३८११ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव सहित अनमोल बैंक्वेट, शंखमुल काठमाडौंमा विहान ११ बजे सभा बोलाएको छ ।
साथै सभाले वित्तीय विवरणहरू पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले असोज ११ गते एक दिन बुक क्लोज गरिसकेको छ ।