बेष्ट फाइनान्स कम्पनीले बोलायो साधारणसभा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले २७ औं वार्षिक साधारणसभा कात्तिक १४ गते बोलाएको छ । कम्पनीको असोज २२ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहानको ११ बजे सभा बोलाएको हो ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रियाका लागि र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
साथै आव २०७९।८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षक र वार्षिक प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरूमाथि छलफल गर्ने तथा २ जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । सोका आधारमा कात्तिक १ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।