बीमकका कोशी प्रदेश प्रमुखहरुसँग छलफल तथा शुभकामना आदान प्रदान कार्यक्रम

२२ आश्विन २०८१, मंगलवार २१:४२

नेपाल बीमा प्राधिकरण‚ कोशी प्रदेश कार्यालयबाट अाज जीवन, निर्जीवन तथा लघु बीमकक कोशी प्रदेश प्रमुखहरुसँग आउँदै गरेकाबडा दशै, शुभदिपावल तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बीमाका समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ

उक्त कार्यक्रममा सम्पूर्ण बीमकका प्रदेश प्रमुखहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । NIPS कोशी प्रदेश प्रमुख खड्ग बहादुर श्रेष्ठले चाडपर्व लक्षित यस्तो कार्यक्रम पहिलो पटक भएको र आगामी दिनमा समेत यस्ता कार्यक्रम गर्दा बीमाकर्मीबिच असल सम्बन्ध हुँदै बीमामा सकारात्मक प्रभाव पर्ने बताए साथै जीवन बीमक कोशी प्रदेश सँयोजक पुस्कर भट्टराईले बीमकका प्रदेश प्रमुखहरुले बीमाका समसामयिक विषयका बारेमा ज्ञान राख्नु दैनिक रुपमा बीमा बिषयका बारेमा अध्ययन गर्नुपर्ने बताए ।

प्राधिकरणका सहायक निर्देशक पुष्पा खनालले सँचालन गरेको कार्यक्रममा प्राधिकरण प्रदेश प्रमुख बिनोद कुमार पोखरेलले चाडपर्व लक्षित शुभकामना दिंदै बीमाका सिद्धान्त तथा,ति, नियम सम्बन्धित मामिला अध्ययन गराई बीमकका प्रदेश प्रमुखलाई सक्रिय रुपमा सहभागी गराएका थिए कार्यक्रममा बोल्दै पोखरेलले बीमा व्यवसाय गर्दा बीमा सम्बन्धी ऐन, नीति नियम तथा निर्देशिका बारेमा विशेष ज्ञान राख्नुपर्ने भन्दै गुणस्तरिय बीमा सेवा प्रदान गरी स्वस्थ प्रतिस्पर्धा मार्फत आममानिसलाई बीमाको दायरामा ल्याउन सबै मिलेर अगाडि बढ्नु पर्ने बताएका थिए  ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*