जुनसुकै बैंकका साना संस्थापक शेयरधनीले आफ्नै बैंकबाट पनि ऋण लिन पाउने, जारी भयो यस्तो निर्देशिका

२२ आश्विन २०८१, मंगलवार १९:२४

काठमाडौं ।  बैंक तथा वित्तिय संस्थाका संस्थापक शेयरधनी वा संस्थाका शेयरधनीहरुले आफ्नो संस्थाबाट कर्जा लिन पाउने व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकले आज एकीकृत निर्देशन २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

अबदेखि चुक्तापूँजीको शुन्य दशमलब ५ प्रतिशत भन्दा कम शयर भएका संस्थापक शेयरधनीहरुले आफ्नै संस्थाबाट कर्जा लिन पाउने भएका छन्। यसअघि संस्थापक समुहका शेयरधनीहरुले आफ्नै संस्थाबाट कर्जा लिन नपाइने व्यवस्था थियो।

राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत निर्देशन जारी गर्दै चुक्ता पुँजीको ०.५ प्रतिशत सेयर वा सो भन्दा कम भएका संस्थापक सेयरधनी तथा उसका परिवारहरुले यस्तो सुविधा लिन पाउने व्यवस्था गरेको हो ।

नयाँ निर्देशन अनुसार इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पुँजीको ०।५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, १ प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, संचालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*