मेलम्चीको पानी आजदेखि पु:न काठमाडौंमा वितरण सुरु

२२ आश्विन २०८१, मंगलवार १७:१७

काठमाडौं । मेलम्चीको पानी आजदेखि पुनर्वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबिच वार्ता सफल भएपछि आज मेलम्चीबाट पानी काठमाडौँ ल्याइएको हो ।

खानेपानीमन्त्री यादव र मेलम्चीसङ्घर्ष समितिबिच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी पठाउने विषयमा सहमति भएको थियो । उक्त सहमतिपश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले बताए ।

दशैं अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमबार मेलम्ची पुगेको थियो ।

वार्तापछि बाढीपीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौँ उपत्यकामा पानी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो ।

सुरुङभित्र पानी पठाएपछि पानी काठमाडौँ आइपुगेर वितरण प्रणालीमा जोडिएको कार्यकारी निर्देशक लामिछानेले बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*