वैदेशिक रोजगारमा ज्यान गुमाएका बरक तुल्लाहको परिवारलाई हिमालयन लाइफको ११ लाख दावी भुक्तानी

२२ आश्विन २०८१, मंगलवार १६:३८

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं ६ निवासि स्वर्गीय बरक तुल्लाहको परिवारलाई आइतबार एक कार्यक्रमकाबीच कम्पनीले ११ लाख रुपैंया बराबरको चेक हस्तान्तरण गरेको हो ।

वैदेशिक रोजगारको क्रममा बिदेशमै निधन भएका तुल्लाहको श्रीमती काफिया मुसलमानिनलाई संस्थाको कार्यालय देवदह ७ मिलनचोकमा सो रकम बराबरको चेक हरुतान्तरण गरिएको शाखा प्रमुख दिनेश चौधरीले जानकारी दिए ।

बीमा रकम हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेश उपप्रमुख शिव कुमाल, एजेन्सी म्यानेजर राम बहादुर थारु, मार्केटिङ केशव अचार्य, शाखाका अपरेशन ईन्चार्ज तोरन रोका लगायत मृतकको परिवारको उपस्तिथिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*