बीमा प्राधिकरण र बीमकबीच दशैंको शुभकामना आदान प्रदान, ‘बाढी पीडितलाई सक्दो चाँडो दावी दिनुपर्छ’: सिलवाल

२२ आश्विन २०८१, मंगलवार १५:३१

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले विजयाँ दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । प्राधिकरण केन्द्रिय कोर्यालयमा मंगलबार एक कार्यक्रम आयोजना गरी बीमा प्राधिकरण र बीमक संगठनका अधिकारीहरुले शुभकामना आदान प्रदान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले प्राधिकरण तथा सम्पूर्ण बीमकका कर्मचारीहरुलाई विजया दशमीको शुभकामना प्रदान गरेका छन् ।

अध्यक्ष सिलवालले बीमक र प्राधिकरणबीच सहकार्य तथा साथ सहयोग आवश्यक रहेको जिकिर गरेका छन् । उनले भने, ‘देशमा अहिले बाढीले ठूलो धनजनको क्षति गरेको छ । यस्ता क्षतिमा हामी सबै मिलेर नागरिकलाई दिनुपर्ने बीमा दावी भुक्तानीलाई सक्दो चाडो दिएर बीमाप्रति अझै विश्वास दिलाउनु पर्ने छ।’

जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले बीमा क्षेत्रका कर्मचारी तथा बीमितलाई दशैँको शुभकामना दिदै बाडी पीडितको लागि बीमा कम्पनीहरु सुरक्षा कवचको जसरी उभिएको बताए ।

साथै, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पनि दशैंको शुभकामना दिएका छन् । उनले भने, ‘जीवन एकदम अमूल्य छ । बीमा कम्पनीहरुले दावी भुक्तानी चाँडो दिएको अवस्थामा कम्पनीप्रति विश्वास बढ्दै जाने गरेको छ।’

लघु बीमक संघका अध्यक्ष चिरायु भण्डारीले उपस्थित सबै कर्मचारी तथा बीमितहरुलाई दशैं लगायतका पर्वको शुभकामना प्रदान गरेका छन् । उनले भन्, ‘बीमा कम्पनीहरुको दावी भुक्तानीलाई थप छिटो, छरितो बनाउन प्राधिकरणले अझै साथ सहयोग गर्नुपर्ने देखिन्छ।’

साथै कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, जीवन बीमक संघ, नेपालका अध्यक्ष पोषकराज पौडेल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, लघु बीमक संघका अध्यक्ष चिरायु भण्डारी र प्राधिकरणका कर्मचारीको उपस्थिती रहेको थियो ।

तस्विर : रिना खत्री, बीमापोष्ट

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*