गभर्नर अधिकारीविरुद्ध छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने सरकारले निर्णय

२२ आश्विन २०८१, मंगलवार ११:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने सरकारले निर्णय गरेको छ ।

असोज १८ गते बसेको मन्त्रिपरिषदको बैठकले २०७८ सालमा गभर्नर अधिकारीबिरुद्ध छानविन गर्न गठित जाँचबुझ समिति रद्द गरिदिएको हो ।

२०७८ चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीविरुद्ध छानबिन गर्न जाँचबुझ समिति बनाएको थियो । त्यो बेला अर्थमन्त्री माओवादी उपमहासचिव जनार्दन शर्मा थिए ।तत्कालीन अर्थमन्त्री शर्माले कानूनबिपरित काम गर्न दवाव दिएको बारण विवाद उत्कर्षमा पुगेपछि जाँचबुझ समिति बनाएर गभर्नर अधिकारीलाई हटाउने चलखेल भएको थियो । परमादेशबाट बनेको कांग्रेस माओवादीसहित गठबन्धन सरकारले गभर्नर अधिकारीलाई नाजायज काम गराउने प्रयास गरेको थियो ।

त्यो काम रोकिदिएपछि अधिकारीलाई कारबाही गर्न जाँचबुझ समिति बनाइएको थियो । अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका नाममा अमेरिकाबाट आएको शंकास्पद रकम राष्ट्र बैंकले रोकिदिएको कारण अर्थमन्त्री शर्मा र गभर्नरबीच बोलचाल नै बन्द भएको थियो ।

सोही कारण गभर्नरमाथि बदला लिन समिति बनाइएको थियो । तर अदालतको आदेशपछि छानविन अघि नबढाइए पनि रद्द भएको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व लिनुभएपछि उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले गभर्नरबिरुद्धको छानविन समिति नैरद्ध गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेको प्रस्ताव द्द गर्ने सरकारले निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*