रिलायबल नेपाल लाइफ लमजुङ शाखाद्वारा साढे ५ लाख रुपैयाँ दाबी भुक्तानी

२२ आश्विन २०८१, मंगलवार ११:३९

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लमजुङ शाखा कार्यालयले मृत्यु दाबी बापत साढे पाँच लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीका अनुसार लमजुङ जिल्लाको बेसिशहर नगरपालिका-२ गैरी निवासी खुस बहादुर खत्रीले लमजुङ शाखा कार्यालयबाट जीवन बीमा गरेका थिए । बीमितको मृत्यु भएपछि कार्यालयले बीमितको घरमै पुगेर बीमितकी श्रीमति अनिता खत्रीलाई ५ लाख ५३ हजार ३३३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

उक्त चेक सोही वडाका वडा अध्यक्ष मदन रानाको उपस्थितिमा शाखा प्रमुख राजु गुरुङले अनिता खत्रीलाई हस्तान्तरण गरेका हुन् । बीमा दाबी भुक्तानी कार्यक्रममा शाखाका कर्मचारी लक्ष्मी धिताल, पूणर्कला खड्का लगायत वित्तीय सल्लाहकार शिव थापा, शिव अधिकारी, एमडीआरटी कृष्ण कुमारी बगाले लगायत स्थानियहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष रानाले मृतकको परिवारप्रति सहानुभूति प्रकट गर्दै घरमै गई दिइएको दाबी भुक्तानीले आश्रित परिवारमा ठूलो राहत मिलेको भन्दै कम्पनीलाई धन्यवाद ज्ञापन गरे । साथै उनले हरेक नागरिकका लागि बीमाको महत्वका पारेमा प्रकाश पारे ।

साथै शाखा प्रमुख राजु गुरुङले कार्यक्रमको सहजीकरण गर्दै हरेक कुराको सुरक्षा सङ्गै आर्थिक सुरक्षाको मुख्य कवज नै जीवन बिमा रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*