प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी सञ्चालक अन्जु अधिकारीको राजिनामा स्वीकृत
२२ आश्विन २०८१, मंगलवार १०:४७
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी स्वतन्त्र सञ्चालक अन्जु अधिकारीले दिएको राजिनामा स्वीकृत भएको छ ।
कम्पनी सञ्चालक समितिको असोज २१ गते बिहान बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालक अधिकारीको राजिनामा स्वीकृत गरेको हो ।