छोरीको जन्मदिनमा आमाले दिइन् रिलायबल नेपालको बीमा पोलिसी उपहार

२१ आश्विन २०८१, सोमबार १८:१६

काठमाडौँ । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । आफ्ना सन्तानहरुको जीवन रक्षावरण र उच्च शिक्षा प्रदान गर्न सहज हुने भन्दै बीमा पोलिसी उपहार दिने गरेका हुन् ।

यसैक्रममा चितवन, कुरिन्टारकी सगुन गुरुङले जन्मदिनको अवसरमा आफ्नो छोरी कृष्मा गुरुङलाई बीमा पोलिसी उपहार दिएकी छिन् । उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको हाकिमचोक शाखाबाट बीमा पोलिसी खरिद गरेको कम्पनीले जानकारी दिएको छ ।

गुरुङले आफ्नी छोरीलाई सो कम्पनीको चर्चित रिलायबल सुलभ बाल जीवन बीमा प्लस खरिद गरेकी हुन् । कम्पनीकी अभिकर्ता रेबता घिमिरेले उक्त बीमा गराएकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*