स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्तामा गरिमा क्यापिटल नियुक्त

२१ आश्विन २०८१, सोमबार १७:०५

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच असोज २० गते आइतबारका दिन आईपीओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम २२ करोड ५० हजारबराबरको प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिलाले असोज २० गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*