शेयर बजारमा छायो दशैँ, नेप्से २७ सय बिन्दु नजिक, कारोबार ७ अर्बबढी

२१ आश्विन २०८१, सोमबार १५:०७

काठमाडौं । शेयर बजारमा दशैँको जस्तै रौनकता छाएको छ । पछिल्लो समय शेयर बजारले फेरी बृद्धि हुने लय समातेको छ ।

साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३७ दशमलव १३ अंकले बढेर २६९० दशमलव ७२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै फाइनान्स र उत्पादन उपसूचक बाहेकका सबै इन्डेक्समा कारोबार भएका कम्पनीहरुको शेयरमूल्य बढेको छ । जसमा बैकिङ्ग उपसूचक सर्वाधिक प्रतिशतले वृद्धि भएको छ ।

सोमबार ३०५ वटा कम्पनीहरुको एक करोड ५८ लाख ४५ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ सात अर्ब नौ करोड रुपैयाँको कारोबार भएको छ । जसमा १७६ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*