एभरेष्ट बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२१ आश्विन २०८१, सोमबार १२:००

काठमाडौँ । एभरेष्ट बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौँमा सम्पन्न भएको हो ।

सभामा बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरिएको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गरिएको हो ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । साथै यस सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयर धनीहरूका तर्फबाट नवीन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षकालागि पुन निर्विरोध निर्वाचित गरेको छ ।

सभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गरेको हुँदा असोज ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*