चार लघुवित्तद्वारा लाभांश घोषणा, कुनले कति दिदैछन् ?

२१ आश्विन २०८१, सोमबार १२:०१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका चार वटा लघुवित्त संस्थाहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

गुराँस लघुवित्त वित्तीय संस्था, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था र फरवार्ड लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

स्वालम्बन लघुवित्तले आव २०८०–८१ सम्मको मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

गुराँस लघुवित्तले गत आवको मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, फरवार्ड लघुवित्तले १३ दशमलव ३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीहरुले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकले पारित गरेपश्चात लगानीकर्ताहरुको डिम्याट खातामा जम्मा हुने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*