घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

२१ आश्विन २०८१, सोमबार १०:२९

काठमाडौँ । दशैंको मुखमा नै सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*