लाभांश र मर्जर प्रस्ताव सहित सिटिजन्स बैंकले बोलायो साधारणसभा

२१ आश्विन २०८१, सोमबार ०६:५६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १८ औं वार्षिक साधारणसभा कात्तिक १२ गते सोमबार बोलाएको छ । बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको डिल्लीबजार, कालिकास्थानस्थित अमृतभोगमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो ।

सभाले ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

त्यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज हुन तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ बैंकले असोज २९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । सोका आधारमा असोज २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*