नेपाल बीमा प्राधिकरणको पुरानो भवन भत्काइदै, आजबाट नयाँ भवन आंशिक रुपमा सञ्चालनमा

२० आश्विन २०८१, आईतवार १८:१०

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरण रहेको पुरानो भवन यही दशैं अवधीमा भत्काइने भएको छ । पुरानो भवन नभत्काई नयाँ भवनमा जाने बाटो नै बनाउन नमिल्ने भएपछि हालको ब्लक ‘क’ लाई भत्काइन लागेको हो ।

मुख्य भवन भत्काइने भएपछि बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल, निर्देशकहरुको कार्यकक्ष नयाँ भवनमा सारिएको छ । त्यस्तै, नियमन विभाग, कानुन विभाग, आईटी विभाग, लेखा विभाग, प्रशासन विभाग लगायतका शाखाहरु आजबाट नयाँ भवनमा सारिएको छ ।

पुरानो भवनको अधिकांश सामान नयाँ भवनमा सारिएको छ । त्यस्तै, अध्यक्ष तथा अन्य पदाधिकारीहरु पनि नयाँ भवनबाट काम गर्न सुरु गरेका छन् ।

शहरी विकास विभागले निर्माण गरिरहेको भवनका धेरै कामहरु अझै गर्न बाँकी नै छ । तर, बीचको एक तल्ला तयार गरी पुरानो भवनका सबै सामान सारिएको हो । नयाँ भवनभित्र प्रवेश गर्ने मुख्य द्वार बनाउन पुरानो भवनले छेकेपछि उक्त भवन भत्काउन लागिएको प्राधिकरणले जनाएको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*