शेयर बजारमा छायो हरियाली, ५६ अंकले वृद्धि हुदाँ ६ अर्बको कारोबार

२० आश्विन २०८१, आईतवार १५:०८

काठमाडौँ । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा कायम भएको छ ।

आइतबार शेयर बजारमा सूचीकृत ३०८ वटा कम्पनीको एक करोड ५० लाख ४६ हजार कित्ता शेयर खरिद–बिक्री भएर ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार साहश उर्जा लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ६३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

शेयर बजारका सबै उपसूचकहरुमा हरियाली छाएको छ । साथै न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*