नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ

२० आश्विन २०८१, आईतवार १४:४६

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नवनियुक्त प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शितलनिवासमा आइतबार एक समारोहकाबीच प्रधानन्यायाधीश राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

असोज १६ गते संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदन भएका प्रधानन्यायाधीश राउतलाई आइतबार बिहान मात्रै राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*