दशैंको मुखमा नक्कली नोट छ्यापछ्याप्ती, रौतहटमा भेटियो बण्डल

२० आश्विन २०८१, आईतवार १२:४३

काठमाडौँ । दशैं तिहारको मुखमै नेपाली बजारमा नक्कली नोटको बिगबिगि बढेको छ । प्रहरीले पूर्वी नेपालको रौतहटमा नक्कली नोटसहित दुईलाई नियन्त्रणमा लिएको हो ।

चन्द्रपुर नगरपालिका वडा न. १० बाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोटसहित गढीमाई नगरपालिका ५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्यायलाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको टोलिले उक्त नक्कली नोटसहित सम्बन्धीत ब्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

जिल्लाको चपुरबाट गौरतर्फ गइरहेको बिआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकल जाँच गर्दा नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले यस घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी आवश्यक कारबाही सुरु गरिसकेको छ। रौतहट प्रहरीका अनुसार, नक्कली नोट कसरी बजारमा छरपस्ट भयो भन्नेबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले नक्कली नोटको स्रोत पहिचान गरी यसको व्यापक वितरणमा रोक लगाउने प्रयास जारी राखेको छ।

स्थानीय व्यापारी र सर्वसाधारणले नक्कली नोटको प्रकोपले आफ्नो व्यापार र आर्थिक कारोबारमा प्रभाव पार्ने चिन्ता व्यक्त गरेका छन्। नक्कली नोटको समस्या दशैंको किनमेलमा देखिनुका साथै बैंक तथा वित्तीय संस्थाहरूमा समेत प्रभाव पार्नसक्ने सम्भावना रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*