एलसी इनर्जीले आईपीओ जारी गर्ने

२० आश्विन २०८१, आईतवार ११:२४

काठमाडौं । एलसी इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित कात्तिक १२ गते साधारणसभा बोलाएको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्ष नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले सार्वजनिक शेयर निष्काशन (आईपीओ) गर्ने, पूँजी संरचना परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*