हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य, प्रतितोला कति ?

२० आश्विन २०८१, आईतवार १०:३४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*