प्रतिकित्ता १०० रुपैयाँमा आँखुखोला जलविद्युतको शेयर किन्ने अन्तिम दिन

२० आश्विन २०८१, आईतवार ०८:२६

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद शेयर किन्नका लागि आवेदन दिने आज (असोज २०) अन्तिम दिन रहेको छ । कम्पनीले असोज ११ गतेदेखि जो–कोहीले किन्न पाउने गरी शेयर लिलाम बिक्रीमा राखेको थियो ।

कम्पनीले गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १ शेयर बराबर नयाँ १.५ शेयरको अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा १ करोड २० लाख कित्ता शेयर बिक्री खुला गरेको थियो । जसमध्ये विक्री नभएको उक्त परिणामको शेयर लिलाम मार्फत बिक्रीमा ल्याएको हो ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । बोलकबोल गर्दा घटीमा १ सय कित्ता र बढीमा सबै कित्ता शेयर खरीदका लागि आवेदन दिन पाइन्छ ।

सो शेयर किन्न इच्छुकले काठमाडौंको नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड वा बैंकका विर्तामोड शाखा, विरगञ्ज शाखा, हेटौंडा शाखा, जावलाखेल शाखा, लेकसाइट पोखरा शाखा, नेपालगञ्ज शाखा, बराहताल शाखा र धनगढी शाखा कार्यालयमा आज बैंकिङ्ग समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*