महुली लघुवित्तको १६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

२० आश्विन २०८१, आईतवार ०७:०४

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी दिपक लम्सालको नाममा रहेको १६ हजार ४१० कित्ता शेयर बिक्रीमा राखेको हो ।

बैंकले उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी गत असार २१ गतेबाट बिक्री खुला गरेको थियो । तर ३५ दिनसम्म पनि संस्थापकबाट सो शेयर खरीदका लागि आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्री खुला गरेको हो ।

सो शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण–६, महुली सप्तरीमा आफूले किन्न चाहेको कित्ता विवरण खुलाई निवेदन दिनु पर्नेछ । शेयरको बिक्री मूल्य भने बिक्रेताले ताकेबमोजिम हुने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*