प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

२० आश्विन २०८१, आईतवार ०६:३८

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको हो ।

बैंकले बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन ।
उक्त शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ । सो अवधिभित्र संस्थापकहरूबाट शेयर खरीदका लागि निवेदन नपरेमा शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ ।

साथै बिक्री गर्ने संस्थापकहरूको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*