एलआईसी नेपालद्धारा प्रधानमन्त्री उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग

१८ आश्विन २०८१, शुक्रबार २२:०२

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) ले प्रधानमन्त्री उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । प्रदान भएको सो सहयोगले देशभर बाढी, पहिरो र डुबानका कारण क्षती व्यहोरीरहेका नागरिकहरुको पीडामा मल्हमपट्टी गर्न थप राहात पुग्ने कम्पनीले अपेक्षा गरेको हो ।

उक्त रकम हस्तान्तरण गर्न स्वयम प्रधानमन्त्री केपी शर्मा ओली समक्ष एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमार उपस्थित भएका थिए । त्यस्तै, एआईसी नेपालका कम्पनी सचिव एवम् सूचना अधिकारी सुदर्शन गिरीको समेत उपस्थिती रहेको थियो ।

नेपाली बीमा क्षेत्रको धरोहरको रुपमा स्थापित एलआईसी नेपालले नेपालमा जीवन बीमाको संस्कारलाई स्थापित गर्न खेलेको भुमिकादेखी हालसम्म बीमित र शेयरधनीहरुमाझ अटुट विश्वास कायम गर्दै कम्पनीले नागरिकका अधिकांश जोखिमहरु बहन गर्दै आएको छ । विपतको बेलामा आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै कम्पनीले बेला बेला विगतदेखि नै यस्तो सहयोग प्रदान गर्दै आएको अवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*