बीमा प्राधिकरणद्धारा बीमा सम्बन्धी अन्तराष्ट्रिय वार्षिक सम्मेलन स्थगित 

१८ आश्विन २०८१, शुक्रबार १६:५९

काठमाडौं । नेपाल बीमा प्राधिकरण्ले असोजको दोस्रो सातादेखि सुरु गर्न लागिएको तीन दिने बीमा सम्बन्धी अन्तराष्ट्रिय वार्षिक सम्मेलन हाललाई स्थगित गरिएको छ ।

लामो समयदेखि तयारीमा रहेको नेपाल बीमा प्राधिकरणको आयोजनामा हुन लागेको एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटरीको बार्षिक बैठक तथा वार्षिक सम्मेलन हाललाई स्थगित गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले २०८१ साल असोज २१ गतेदेखि २३ गते सम्म काठमाडौंमा आयोजना गर्न तय भएको Asian Forum of Insurance Regulators (AFIR) को वार्षिक बैठक तथा वार्षिक सम्मेलन हाललाई स्थगित गरिएको छ ।

हालैको अविरल वर्षाका कारण नेपालका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट असहज अवस्था सिर्जना भएकाले निर्धारित मितिमा बैठक तथा सम्मेलन गर्न असहज हुने भनी एशियन फोरम अफ इन्स्योरेनस रेगुलेटरकोे सचिवालयबाट हाललाई कार्यक्रमहरू स्थगित गर्न अनुरोध भएको हुँदा विदेशी पाहुनाहरूको सुविधा समेतलाई ध्यानमा राखी उक्त सचिवालयसँगको समन्वयमा अर्को मिति तोक्ने गरी हाललाई कार्यक्रमहरू स्थगित गरिएको प्राधिकरणले जानकारी दिएको छ।

यही असोज २३ का लागि तय भएको AFIRको वार्षिक साधारण सभाको भर्चुअल माध्यमबाट हुने सत्र भने सोही मितिमा नै संचालन हुने प्राधिकरणलेल जनाएको छ ।

AFIRb को सचिवालयसँग समन्वय गरी स्थगित बैठक सभा तथा सम्मेलन आयोजनाका लागि नयाँ मिति तय भएपछि जानकारी गराइने प्राधिकरणको प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*