लगानीकर्ताहरूका लागि दशैंको उपहार: नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै

१८ आश्विन २०८१, शुक्रबार १५:१३

काठमाडौँ । पुँजी बजारका लगानीकर्ताले दशैंको अवसरमा नयाँ टिएमएसको फाइदा उठाउने अवसर पाउने भएका छन् । लगानीकर्ताहरूले लामो समयदेखि पर्खाइमा रहेको नयाँ टिएमएस फुलफ्लेजमा सेवा आइतबार (असोज २० गते) देखि सुरु हुने भएको हो ।

ब्रोकर कम्पनी सेक्यूर्ड सेक्युरिटिजले नयाँ टिएमएसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने जनाएको छ । यसअघि यस कम्पनीले उपलब्ध गराउँदै आएको नेप्से टिएमएस सेवा आइतबारदेखि बन्द हुनेछ । लगानीकर्ताहरूलाई नयाँ टिएमएसमा लगइन गर्नको लागि आवश्यक सूचना जारी गरिएको छ ।

साथै, यस नयाँ प्रणालीको उपयोगका बारेमा तालिम लिन चाहने लगानीकर्ताहरूले कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । नयाँ टिएमएस सेवा डेस्कटप र मोबाइल दुवै भर्सनमा उपलब्ध हुनेछ ।

यसमा नेप्सेले प्रदान गरेको पुरानो प्रणालीमा भन्दा धेरै नयाँ सुविधाहरू थप गरिएको दाबी गरिएको छ। हालका लागि यो सेवाको उपयोग केवल सेक्यूर्ड सेक्युरिटिज मार्फत मात्र हुनेछ, तर आगामी दिनहरूमा ब्रोकर कम्पनीहरूले क्रमिक रूपमा नयाँ टिएमएस सेवा प्रदान गर्ने योजना बनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*