लिबर्टी माइक्रो लाइफका ग्राहकलाई ब्लूबर्ड इन्टरनेशनल क्लिनिकमा विशेष छुट

१८ आश्विन २०८१, शुक्रबार १३:२९

काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ब्लूबर्ड इन्टरनेशनल क्लिनिक बीच एक महत्वपूर्ण समझौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताको मुख्य उद्देश्य दुवै पक्षका ग्राहकहरूलाई विशेष लाभहरू उपलब्ध गराउन प्राथमिकता दिनु हो र सामाजिक उत्तरदायित्वमा सक्रिय सहभागिता जनाउनु हो ।

यस सम्झौता अनुसार, ब्लूबर्ड इन्टरनेशनल क्लिनिकले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका ग्राहकहरू, कर्मचारीहरू, एजेन्टहरू र उनीहरूका परिवारका सदस्यहरूलाई वार्षिक सम्पूर्ण शारीरिक स्वास्थ्य प्याकेज मा ५० प्रतिशत छुट प्रदान गर्नेछ।

सम्झौताका थप बुँदाहरूमा, प्रत्येक महिनाको पहिलो शनिबार स्थानीय क्षेत्रलाई लक्षित गरी एक निस्शुल्क मेडिकल क्याम्प आयोजना गरिनेछ, जसमा लिबर्टी माइक्रो लाइफ र ब्लूबर्ड इन्टरनेशनल क्लिनिकको समन्वय रहनेछ ।

विशेष छुटहरू निम्नानुसार उपलब्ध हुनेछन्

प्याथोलोजी/ल्याब परीक्षणहरूमा २०प्रतिशत
एक्स रे, ईसीजीमा २५ प्रतिशत
साना शल्यक्रियात्मक प्रक्रियामा १५ प्रतिशत
फिजियोथेरापीमा २५ प्रतिशत
यूएसजी/इको/टिएमटी/पीएफटी तथा बीएमडीमा १० प्रतिशत
दन्त चिकित्सा सेवाहरूमा २०प्रतिशत

यस समझौता पत्रको माध्यमबाट दुवै संस्थाले ग्राहकहरूको स्वास्थ्य सेवालाई अझ सुलभ र प्रभावकारी बनाउने र हरेक नागरिकलाई स्वास्थ्य तथा जीवन बीमाको महत्व बुझाउने लक्ष्य राखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*