माउण्टेन इनर्जीले भन्यो, ‘मिष्ट्री खोला र तादीखोला जलविद्युत् आयोजनामा क्षति भएको छैन’

१८ आश्विन २०८१, शुक्रबार १२:५७

काठमाडौँ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले हालै आएको भारी वर्षाका कारण आएको बाढीपहिरोबाट आफ्नो जलविद्युत् आयोजना मिष्ट्री खोला (४२ मेगावाट) र तादीखोला (५ मेगावाट) मा कुनै क्षति नभएको जानकारी दिएको छ।

कम्पनीले यस विषयमा सेयरधनीहरूको जिज्ञासालाई ध्यानमा राख्दै यस्तो जानकारी सार्वजनिक गरेको हो। २०८१ असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण देशका विभिन्न भागमा व्यापक जनधनको क्षति भएको र माउण्टेन इनर्जीको आयोजनामा पनि क्षति भएको भन्ने आशयका समाचारहरू प्रकाशमा आएका थिए।

कम्पनीले स्पष्ट पार्दै भनेको छ, ‘मिष्ट्री खोला र तादीखोला जलविद्युत् आयोजनामा कुनै किसिमको क्षति नभएको र दुवै आयोजना पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*