एमजी गाडीको बजारमा गुणस्तर संकटः प्राविधिक समस्याले व्यापारमा उच्च गिरावट, किन लागि रहन्छ आगो ?

१८ आश्विन २०८१, शुक्रबार १२:३४

काठमाडौँ । हेर्दा आकर्षक तर गुणस्तरमा गम्भिर समस्या उत्पन्न हुने एमजि गाडीको बजार नराम्ररी प्रभावित भएको छ । पछिल्लो समय दिनप्रतिदिन एमजि गाडिमा आइरहेको नयाँ–नयाँ समस्याले नेपाली बजार धोस्त हुँदै गएको हो ।

विद्युतीय गाडी एमजीमा एकपछि अर्को गर्दै गम्भीर प्राविधिक समस्याहरू देखा पर्न थालेका छन् । कहिले चार्जमा राखेका बेला आफैं आगलागी हुने त कहिले गाडी अगाडि बढाउँदा आफैं पछाडि जाने र पछाडि लैजाँदा आफैं अगाडि बढ्नेजस्ता प्राविधिक समस्या देखा पर्न थालेका हुन् । पारामाउण्ट मोटर्सले नेपालीमा एमजिको गाडिहरु बिक्री वितरण गर्दै आइरहेको छ । यो कम्पनी मुरारका समूह अर्थात् नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको परिवारको स्वामित्वमा छ ।

गत असार १८ गते मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार गेट नजिक बागमती प्रदेश ०१–०२७ च १५९० नम्बरको एमजी ब्रान्डको जेडएस भेरियन्टको कार ब्याक गर्ने क्रममा एक्कासि आफैं अगाडि बढेर अर्को गाडीमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ । गाडीमा सुरक्षाका निम्ति राखिएको भनिएको एयरब्यागसमेत नखुल्दा गाडीमा सवार पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानकी श्रीमती विद्या वनमाली प्रधान गम्भीर घाइते भइन् ।

गत वर्षको पुसमा बूढानीलकण्ठस्थित देउवाचोकमा चार्जमा राखिएको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको एमजी कम्पनीको गाडीमा आफैं आगलागी भएको थियो । उक्त घटाना कम्पनी गुपचुप राख्न सफल भएको हो ।

यस्तै भारतमा समेत पार्किङमा र चार्जिङमा राखिएको समयमा विस्फोट भएसँगै यस्ता घटना सार्वजनिक भएका छन् । गाडीमा एकपछि अर्को समस्या आउन थाले पनि वितरक कम्पनीले समस्या पहिचान गर्ने भन्दा पनि आलटाल गर्ने र विषयलाई बङ्ग्याउने गरेको छ।

गाडीका पार्ट्सको गुणस्तर निकै कमजोर रहेको एक एमजिका ग्राहकले बताए । उनले भने, ‘कम्पनीले एउटा चार्जमा ४०० किलोमिटर चल्न सक्छ भनेर भन्छ, तर वास्तवमा यो केवल २८० देखि २९० किलोमिटर मात्र चल्छ । गाडीका पार्ट्सको गुणस्तर निकै कमजोर छ र ती पार्ट्स एकदम महंगा पनि छन् ।’

कम्पनीको कुनै पार्ट्स बिग्रिएको खण्डमा १० लाख भन्दा बढी लाग्ने उनले बताए । ‘पार्ट एकदमै महङ्गो छ । कुनै सामान्य पार्ट्स बिग्रिएपनि १० लाख भन्दा माथि छ । यो आश्चर्यजनक छ । यदि कुनै दुर्घटना भयो भने त्यसपछि पार्ट्स तयार हुन एक महिना कुर्नुपर्ने हुन्छ, किनकि पार्ट्स सजिलै उपलब्ध हुँदैनन् ।’

नेपाली बजारमा कम्पनीका गाडि गुणस्तर संकटमा हुँदा व्यापार निरन्तर ओरालो लागि रहेको छ ।

विद्युतीय मोटर समस्या

एमजी जेटएसका चालकहरूले विद्युतीय मोटरको प्रदर्शनमा गिरावट, विद्युतीय मोटरबाट अनावश्यक आवाज आउने र कहिलेकाहीं विद्युतीय मोटर मिसफायर गर्ने जस्ता समस्याहरूको सामना गरेका छन्। विद्युतीय मोटर शक्तिमा कमी आउँदा, यो गाडीमा विभिन्न समस्याहरूको संकेत हुन सक्छ।

धेरैजसो अवस्थामा, हावा फिल्टर, विद्युतीय मोटर फिल्टर वा क्याटालिटिक कनभरटरमा फोहोर जमेर अवरोध आउँदा गाडीको इन्जिनको समग्र प्रदर्शन कमजोर हुने गर्दछ। यस्तो अवस्थामा, गाडीको सही समस्याको कारण पत्ता लगाउन प्रशिक्षित मिस्त्रीमार्फत गाडीको जाँच गराउनु आवश्यक हुन्छ।

भरपर्दोपन

एमजी जेटएस बजारमा धेरै बिक्री हुने मोडल भए पनि, यसको भरपर्दोपनमा असन्तुष्टि देखिएको छ। सन् २०२२ मा गरिएको सर्वेक्षणमा एमजी ब्रान्डको विश्वसनीयता २९ मध्ये २८ औं स्थानमा परेको थियो, जसमा ३५.२% मालिकहरूले पहिलो वर्षमै गाडीमा केही समस्या आएको रिपोर्ट गरेका थिए। सुरक्षाको दृष्टिकोणले पनि एमजी जेटएस अन्य प्रतिस्पर्धी गाडीहरूभन्दा कमजोर ठहरिएको छ।

नोटः एमजि ब्रान्डका अधिकांश गाडिहरुका देखिएको समस्यालाई हेरेर (अन्तर्राष्टिय एजेन्सिको सहयोगमा) माथिका बुँदाहरु उल्लेख गरीएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*