सुनको नयाँ रेकर्डः शुक्रबार हालसम्मकै उच्च, प्रतितोला कति ?

१८ आश्विन २०८१, शुक्रबार १०:४८

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर उच्च रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार २०० रुपैयाँ रहेको थियो । उक्त रेकर्ड आज तोडिएको हो ।

यता, चाँदी तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*