हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ श्रेष्ठको पद वहाली
१८ आश्विन २०८१, शुक्रबार १०:३९
काठमाडौँ । हिमालयन एभरष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठले उक्त पदको सपथ तथा पद वहाली गरेकी छिन् ।
कम्पनी सञ्चालक समितिको असोज १६ गते बेलुका ६ बजे बसेको बैठकमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले शपद ग्रहण गरेर असोज १८ गतेदेखि लागुहुने गरी आगामी चार वर्षको लागि कम्पनीको कार्यकारी पदमा वहाली गरेको कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानले जानकारी दिए ।