जलविद्युत बीमाको पुरानै चार अर्बभन्दा बढि दावी बक्यौता, बाढीपहिरोपछि करिब साढे दुई अर्ब थपिदै

१७ आश्विन २०८१, बिहीबार १९:३०

काठमाडौं । गत शुक्रबार देखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण देशैभरिका २० भन्दा बढि जलविद्युत कम्पनीहरुमा क्षति पुगेको प्रारम्भिक रिपोर्ट छ । जलविद्युत कम्पनीले नेपाली बीमा कम्पनीहरुबाट करिब चार अर्ब रुपैयाँ पुरानै रकम अहिलेसम्म पाएका छैनन् । इप्पानका अनुसार अहिलेको बाढी पहिरोबाट करिब साढे दुई अर्ब दावी पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बर्षाको समयमा बाढी पहिरोजस्ता विपद्का कारण जलविद्युत आयोजनामा क्षति पर्ने क्रम बढ्दो छ । यो बर्ष असोजमा पनि अविरल बर्षाको कारण बाढी पहिरोजस्ता विपद्का कारण २० वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति भएका छन् ।

गत असारसम्म नै ३१ आयोजनाको निर्जीवन बीमा कम्पनीहरूले दिनुपर्ने दाबी भुक्तानी नै चार अर्ब आसपासमा रहेको इप्पानका अधिकारीहरुको भनाई छ । यसवर्ष पनि अविरल आएको बाढी पहिरोका कारण दर्जनौँ आयोजनामा करोडौँ क्षति भएका छन् । प्रारम्भिक विवरणअनुसार बाढी पहिरोले २० वटा जलविद्युत आयोजना प्रभावित भएका छन् ।

जसमध्ये विवरणप्राप्त भएका १५ आयोजनामै २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको क्षति हुने अनुमान इप्पानले गरेको छ । अविरल बर्षाको कारण चार अर्ब दाबी भुक्तानी बाँकि रहेको कम्पनीहरुमा थप साढे २ अर्बको भार पर्ने अनुमान गरिएको छ।

बीमा कम्पनीहरूले भुक्तानी नै अल्झाउने गर्दा समस्या आएको बताउँछन् जलविदुत् कम्पनीका सिईओहरु बताँउछन् । गतवर्षसम्मकै चार अर्ब रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाइएको छैन, फेरि यो वर्ष पनि विपत आइपरेको छ,’ जलविद्युत् कम्पनीका सिईओहरुको धारणा रहेको छ ।

अपर तामाकोशीका सिईओ हिम पाठकले बाढीले अनुमान गरेभन्दा कम क्षति भएकोले डराउनु नपर्ने बताएका छन् । बाढी पहिरोले ड्याम साईडमा क्षति पुगेकोले पनि कम क्षति भएको उनको बुझाई छ । समाचारहरुमा आएअनुरुप क्षति नभएको ड्याम साइड र माथिल्लो तटीय क्षेत्रमा क्षति भएकोले बीमा दाबी बढी मात्रामा नपर्ने सिईओ पन्तले बीमापोष्टलाई जानकारी दिएका छन् ।

अघिल्लो वर्षको असारमा पूर्वका जिल्लामा गएको बाढीका कारण ७ वटा आयोजनामा पूर्ण क्षति भएको थियो । अहिलेसम्म उक्त आयोजनाले पनि भुक्तानी पाउन सकेका छैनन् । यसभन्दा अगाडि नै क्षति भएका र भुक्तानी दाबी गरिएका २४ आयोजनाले पनि करोडौँ रुपैयाँ भुक्तानी पाएका छैनन् ।

नेपालका अनुसार प्रिमियम लिने तर क्षति पुगेपछि भुक्तानी दिन आनाकानी गर्ने निर्जीवन बीमा कम्पनीहरूको वर्षौँदेखिको रोग अझै गएको छैन । केही निर्जीवन बीमा कम्पनीहरुले मात्रै प्रारम्भिक प्रतिवेदनको आधारमा अग्रिम भुक्तानी दिएर पुनर्निर्माणमा सघाउने गरेका छन् । केही अपराधिक सोच भएका बीमा कम्पनीहरुले मुद्दा मामिला गरेर जलविद्युत कम्पनीहरुलाई निकै दुःख दिएको कम्पनीहरुको गुनासो छ ।

जलविद्युत आयोजनाहरूले लागतको २ प्रतिशत रकम प्रिमियमबापत हरेक वर्ष शुल्क दिने गरेका छन् । जसमा बीमा कम्पनीहरूले सयौँ कम्पनीबाट अर्बौँ रकम उठाउने गरेका छन् तर भुक्तानी दिने समयमा भने उल्झन र प्रक्रिया नमिलेको भन्दै झुलाउने गरिएको इप्पानका अध्यक्ष कार्की बताउँछन् ।

पछिल्लो दुई वर्षमा बाढीबाट ३१ आयोजना क्षतिग्रस्त भएका थिए । फेरि गत बिहीबारदेखि अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको छ ।
प्रारम्भिक विवरणअनुसार बाढी पहिरोले २० वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । जसमध्ये विवरण प्राप्त भएका १५ आयोजनामै २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । अब यी आयोजनाहरुको बीमा दावी भुक्तानी लिन निकै कठिन हुने त होइन आशंका उत्पन्न भएको छ ।

जलविद्युत आयोजनामा सञ्चार सम्पर्क विच्छेद भएकाले कतिपय आयोजनाको विवरणसमेत प्राप्त हुन सकेको छैन । बाढी पहिरोको कारण सर्भेयरहरुलाई घटनास्थलमा लैजान सक्ने अवस्था समेत छैन । बीमा कम्पनी र बीमा प्राधिकरणले सर्भेयरलाई कसरी घटनास्थलमा पुर्याउने भन्ने कुनै योजना बनाउन सकेका छैनन् । प्रत्येक वर्ष क्षति बढ्दै जाने तर भुक्तानी दिन बीमा कम्पनी पन्छिदै जाने परम्पराले जलविद्युतको लगानीमै संकट आउन सक्ने लगानीकर्ता बताउँछन् ।

3 thoughts on “जलविद्युत बीमाको पुरानै चार अर्बभन्दा बढि दावी बक्यौता, बाढीपहिरोपछि करिब साढे दुई अर्ब थपिदै

  1. पबित्र says:

    भुक्तानी गर्दा छ्यतिको हिसाब गर्ने प्रतिक्रिया को आधार लाई अब AI को प्रयोग गर्दै साहायको रुपमा पर्योग नगर्ने हो भने छ्यतीपुर्ती मा ढिलासुस्ती र असमानता रहिरहन्छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*