तोकिएको समयमा सान्जेन जलविद्युतको सम्पत्ति बीमा भएन, शिलबन्दी पेश गर्न बीमा कम्पनीलाई समय थप
१७ आश्विन २०८१, बिहीबार १२:४०
काठमाडौँ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले सम्पति बीमाको लागि बीमा कम्पनीहरुलाई शिलबन्दी प्रस्ताव गर्न आह्वान गरेको छ । कम्पनीले बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै बीमा कम्पनीहरुलाई सम्पत्ति बीमाको लागि प्रस्ताव पेश गर्ने समय कात्तिक २ गतेसम्मलाई तोकेको छ ।
कम्पनीका अनुसार निर्जीवन बीमा कम्पनीहरुले कात्तिक गतेसम्म उल्लेखित सम्पूर्ण कागजातसहित कम्पनीको वेबसाइट मार्फत शिलबन्दी पेश गर्न भनिएको छ ।
कम्पनीले आयोजना क्षेत्रका विभिन्न समाग्रीको बीमा गर्नको लागि शिलबन्दी आह्वान गरेको छ । कम्पनीले सान्जेल मााथिल्लो जलविद्युतका सम्पत्तिको बीमा गर्ने तयारी गरेको छ ।