दसैंका लागि राजधानी छाड्ने क्रम सुरू, १८ लाखभन्दा बढी मानिसले काठमाडौं छाड्ने आकलन

१७ आश्विन २०८१, बिहीबार १२:३६

काठमाडौं । हिन्दुहरुको महान चाड दसैं सुरू भएसँगै राजधानी छाड्ने क्रम सुरू भएको छ।

काठमाडौंको नयाँ बसपार्कमा यात्रुहरूको चहलपहल बढ्न थालेको छ। लगातारको वर्षाका कारण बाढी पहिरोका कारण विभिन्न सडकहरू अवरूद्ध रहेकाले यसपालि सरकारले सोमबारदेखि नै रूट परमिट खुला गरिदिएको छ।

यसपालिको दसैंमा १८ लाखभन्दा बढी मानिसहरूले काठमाडौं छाड्ने आकलन छ।यद्यपि पानी पर्ने क्रम जारी रहेकाले त्योभन्दा कम मानिसहरूले राजधानी छाड्न सक्ने आकलन पनि छ।अवरूद्ध सडकहरू पनि सरकारले वैकल्पिक सडकमार्फत संचालकमा ल्याउदैछ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*